आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आठ दिनपछि बालकको शव भेटियो

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • पाँचथर  ।   हेँवाखोलामा डुबेर एक हप्ताभन्दा बढी समयदेखि हराइरहेका पाँचथर फिदिम–४ का ८ वर्षीय रिसब कटुवालको शव बुधबार भेटिएको छ ।

    असोज ४ गते मंगलबार उनी डुबेको स्थानबाट करिब ३० किलोमिटर टाढा स्याबु्रम्बा–८ लुमुघाटमा शव भेटिएको हो ।

    स्थानीयवासीले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुबै हातखुट्टा भाँचिएको र शव पनि सडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    उनको शव स्थलगत मुचुल्का तयार गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । साथीहरुसँग घरनजिकै पुलमा खेल्न गएका उनी खेलिरहेका बखत पुलबाटै खोलामा खसेर नौ दिनअघि बेपत्ता भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij