आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जुवा तास खेल्ने ९ जना पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३



  • काभ्रे ।  बनेपा नगरपालिका–५ स्थित लहरमान कपालीको घरमा अबैध रुपमा तास खेल्ने खेलाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा काशीखण्ड नगरपालिका–१३ घर भई बनेपा नगरपालिका–५ नयाँ बस्ती बस्ने २७ बर्षीय कृष्ण लामा, शिखर आम बाटो–५ घर भएका सुरेश लामा , काशीखण्ड–१३ घर भएका ४० बर्षीय काला तामाङ , बनेपा बस्ने ३७ बर्षीय दिपक थापा , ५० बर्षीय गोबर्धन भन्ने सिताराम दाहाल, ४६ बर्षीय सागर शाही, ६३ बर्षीय रामचन्द्र बजगाई , ६४ बर्षीय रामशरण पण्डीत र ६० बर्षीय लहरमान कपाली रहेका छन् ।

    कपालीको घरमा जुवा तास खेली रहेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विहिबार नगद ९१ हजार ८ सय १५ रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लागूऔषधसहित पक्राउ 

    त्यस्तै विभिन्न ठाउँबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी साडा–६ जाउखा बस्ने २० बर्षीय सोनु ठाकुरलाई प्रहरीले नियन्त्रित लागू औषध कोरेक्स ४१ बोतल सहित पक्राउ गरेको छ ।

    चन्द्रपुर नगरपालिका–८ स्थित पुर्वपश्चिम राजमार्गको पौराई बजारमा विहिबार प्रहरीले ना.५ ख ७२३७ नंम्बरको बस चेकजाँच गर्दा ठाकुरको झोलाबाट उक्त कोरेक्स बरामद भएको थियो ।

    त्यसैगरी बिरगंजबाट पथलैयातर्फ चल्ने सिटि राइड बसमा सवार राजु श्रेष्ठलाई प्रहरीले नियन्त्रित लागू औषध फेनारगन २४ थान, बुफेन २४ थान, डाइजेपाम २४ थान सहित पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले गढीमाई नगरपालिका–७ स्थित गढीमाई मन्दिर अगाडी उक्त बसलाई चेकजाँच गर्दा श्रेष्ठले बोकेको झोलाबाट उक्त लागू औषध बरामद भएको थियो ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij