प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३
कास्की । पोखराको नयाँ बजारमा एक महिला आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।
धादिङ सुनौला वजार–३ घर भई हाल पोखरा उपमहानगरपालिका–९ नयांबजार नजिकै डेरा गरी लेवर काम गर्ने ४३ बर्षीया अमृता नेपाली विहिबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाको सोधपुछको लागि उनका श्रीमान शिव परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता, सिन्धुलीको जलकन्या–१ स्थित सिद्धबाबाको मन्दिर अगाडी विहिबार जलकन्या–३ बस्ने ५३ बर्षीय देव नारायण आर्चाय मृत अवस्था फेला परेका छन् ।
घरबाट बाख्रा चराउन गएको अवस्थामा बर्षासँगै परेको चट्याङले लागेर उनको मृत्यु भएको हुन सक्ने बताइएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij