आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ठमेलको जुवाखालमा प्रहरीको छापा, १३ जना पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • काठमाडौं । ठमेलको एक होटलमा सञ्चालित जुवा खालमा छापा मारेर प्रहरीले १३ जुवाडेलाई पक्राउ गरेको छ । धादिङ फुलाखर्कका ध्रुव अधिकारीले सञ्चालन गरेको होटल नेपालयमा जुवा खाल चलिरहेको सुचना पाएपछि महानगरीय प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले अधिकारीसहित १३ जनालाई पक्राउ गरेको हो ।
    उनीहरुको साथबाट ६ लाख १९ हजार नगद, एक लाख जापानी ऐन, दुई सय बिस अष्ट्रेलियन डलर, सात सय २५ ओमन रिङ्कन डलर बरामद गरिएको महानगरीय प्रहरी वृत लैनचौरले जनाएको छ ।

    १६ थान कौडा सहित पक्राउ परेकाहरुलाई लैनचौरमा राखेर थप अनुसन्धान शुरु गरिएको छ । जुवा अड्डा होटल सञ्चालक ध्रुव अधिकारीले सञ्चालन गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

    को–को पक्राउ परे ?
    होटल नेपालयको जुवा अड्डाबाट पक्राउ पर्नेहरुमा गोरखा स्थायी घर भएका सुजन अधिकारी, सन्तोष विक्रम अधिकारी, राम प्रसाद सिम्खडा, अमृत क्षेत्री, रसुवा स्थायी घर भएका प्रकाश अधिकारी, काठमाडौं गल्फुटारक मिलन थापा, मोरङका पुस्कर घिमिरे, चितवनका कुमार थपलिया, धादिङका जीवन अधिकारी, धु्रव अधिकारी, काठमाडौंका समित गुरुङ, किसन थापा र शेर बहादुर खत्री छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij