प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३
जलेश्वर । महोत्तरीको पर्सा देवाडबाट विहिवार राती अपहरणमा परेका युवक शनिवार विहान खैरबनीस्थित हरदी खोला पुलको मुनीबाट फेला परेका छन । शसस्त्र र जनपद प्रहरीको टोलीले संयुक्त रुपमा चलाएको सर्च अभियानमा हाथ र आँखा बाधेको अवस्थामा युवक सकुसल फेला परेका हुन ।
महोत्तरी सोनमा गाविस २ का ३५ बर्षिय सिकिन्द्र यादव विहिवार राती ९ बजेदेखि वेपता भएको जानकारी शुक्रवार विहान प्रहरीलाई प्राप्त भएको थियो । सोही वेला देखि प्रहरीले उनको खोजी कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक जनक भटटराईले बताए ।
पर्सादेवाड २ स्थित आफ्नो ससुराली आएका यादव घरतर्फ आउने क्रममा गौशाला सम्सी सडकखण्डमा पर्ने पर्सा देवाड १ वाट वेपत्ता भएका थिए । यता उनको अपहरणमा प्रहरीमै कार्यरत एकजनाको संलग्नता भएको स्थानियहरुको आरोप छ ।
प्रहरी उपरिक्षक भटटराईले भने, ‘हाम्रो मुख्य टारगेट सकुसल उनलाई फेला पार्नु थियो । हामी सफल भयौँ । अव भने उनीसंग सोधपुछ गर्दा कसले र कुन प्रयोजनको लागि अपहरण गरेको हो भन्ने खुल्ने बताउँछन ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij