आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अवैध गाँजाखेतीकर्ता गाउँबाट फरार

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३



  • गाईघाट (उदयपुर) । उदयपुरको पश्चिमी पहाडी गाविसमा व्यावसायिक रुपमा अवैध गाँजाखेती गर्नेहरु गाँजा नष्ट गर्ने अभियानमा खटिएका प्रहरी आएपछि गाउँबाट फरार भएका छन् ।

    प्रहरीले अवैध गाँजाखेती नष्ट गर्ने र त्यसमा संलग्नलाई पक्राउ गरेर कारबाही गर्ने अभियान सञ्चालन गरेपछि उनीहरु भागेका हुन् । इलाका प्रहरी कार्यालय कटारीका अनुसार पहाडी गाविस, रुपाटार, सोरुङछबिसे, इनामे, तावाश्री, झिल्के, बराहा र बाँसबोटे क्षेत्रमा करिब ८० जना प्रहरीले पाँच दिनदेखि गाँजाखेती नष्ट गरिरहेका छन् ।

    प्रहरीले यस पटक गाँजाखेती गर्नेलाई पक्राउ गरेर कारबाही गर्ने अभियानसमेत सञ्चालन गरेपछि गाँजाखेती गर्नेहरु घरघरमा चुकुल लगाएर गाउँबाट फरार भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख चिरञ्जीवी कोइरालाले बताउनुभयो । फरार भएपनि प्रहरीले घरमूलीको नाम र जग्गाको कितानम्बरसहितका प्रमाण सङ्कलन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

    प्रशासनले यस्तो काम नगर्न प्रत्येक वर्ष पटक–पटक अनुरोध गरेपनि यस क्षेत्रका स्थानीयवासी अटेर गर्दै गाँजाखेतीलाई निरन्तरता दिँदै आएपछि प्रहरीले यसपटक त्यसलाई नियन्त्रण गर्न अभियान नै सञ्चालन गरेको हो ।

    यो अभियानमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय कटारीबाट ५० जना र सशस्त्र प्रहरीबाट ३० जना सम्मिलित रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij