प्रकाशित मिति : सोमवार, कार्तिक १५, २०७३
दाङ । रमाईलोको नाममा विष्फोटक पदार्थ पटका पड्काउने र बिक्रिगर्नेलाई दाङमा प्रहरीले पक्राउ गरेको छ । समाजमा अशान्ति फैलने तबरले बिष्फोटक पदार्थ पटक पड्काउने र बिक्रि गरेको भन्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त कार्यमा संलग्न रहेको अभियोगमा घोराही नगरपालीका १ बस्ने साबित्रा पाण्डे, घोराही ११ रतनपुर बस्ने हरीराम पोख्रेल, घाराही १० बस्ने ईन्द्रजित गिरी र सोही ठाउँका प्रभुदयाल रबिदासलाई प्रहरीले नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
प्रहरीको बिशेष टोलीले उनिहरुलाई पक्राउ गरेको र हिरासत कक्षमा राखी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।
दाङमा स्थानिय प्रशासनले पटकाजन्य बस्तुहरुको बिक्रि बितरण र पड्काउने कार्य नगर्न आग्रह गर्दै आएको छ । तर बेलुकापख ठूलो आवाजमा लुकीछिपी पटकाहरु भने पड्किरहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij