आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लुटपाट गर्ने एक भारतीय पक्राउ

  • प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३



  • लहान । रकम लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक भारतीय नागरिकलाई लहानबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालका १८ वर्षीय धर्मवीर ग्वाला रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

    इप्रका लहानका अनुसार लहानस्थित एक बैंकबाट रु दुई लाख झिकेर मोटरसाइकल चढी घरतर्फ जाँदै गरेका एक व्यक्तिलाई ग्वालाले बिस्कुटको लेदो बनाई सर्टमा छर्केर लुटपाट गरेका थिए ।

    पक्राउ गरिएका युवकमाथि कानुनी कारबाही अघि बढाइने इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।

    यस्तै लहान नगरपालिका–६ राधाकृष्ण चोकस्थित गङ्गाप्रसाद चौधरीको घरमा डेरा गरी बस्ने दुईजनाको घरबाट चोरी भएको ल्यापटप र मोबाइल फोनसहित चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लहान नगरपालिका–९ का मोहमद सलमान रहेको प्रहरीले जनाएको छ ।

    गत असोज २० गते राति चौधरीको घरमा डेरा गरी बस्ने सप्तरी कुशाहाका सुशीला चौधरी र पुष्पाञ्जलि चौधरीको कोठाबाट चोरी भएको आइसर कम्पनीको ल्यापटप एक थान, विभिन्न ब्रान्डका मोबाइल चार थान, सुनको जस्तो देखिने मङ्गलसुत्र एक थान, मेमोरी कार्ड चार थान र सिमकार्ड एक थानसहित सलमानलाई प्रहरीले पक्राउ गरेको हो ।

    कोठाबाट ल्यापटपलगायतका सामान चोरी भएको भन्ने सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले खोजतलाशका क्रममा चोरीको सामानसहित उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij