आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितुवाको छालासहित युवक पक्राउ

  • प्रकाशित मिति : सोमवार, अशोज २४, २०७३



  • भीमदत्तनगर । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोले शनिबार चितुवाको एक थान छालासहित कैलालीको गोदावरी गाविस–६ ओदालीका ३२ बर्षिय दलबहादुर साउदलाई पक्राउ गरेको छ ।

    ब्युरोबाट प्रहरी सहायक निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अत्तरीया नगरपालिकाको गोदावरी पुलबाट उक्त छाला र अभियुक्त नियन्त्रणमा लिएको हो ।

    प्लास्टिकको झोलामा लुकाइछिपाइ भीमदत्तनगरतर्फ ल्याउँदै गर्दा प्रहरीले साउदलाई छालासहित पक्राउ गरेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

    पक्राउ परेका अभियुक्त साउदलाई थप कारबाहीका लागि इलाका वन कार्यालय अत्तरीयालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij