आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नगद र गहना लुटपाट

  • प्रकाशित मिति : मङ्लबार, अशोज २५, २०७३



  • कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी–९ नजिकको सामुदायिक वन भएर घरतर्फ जाँदै गरेको अवस्थामा अज्ञात लुटेराको समूहले हतियार देखाउँदै आज नगद र गहना लुटपाट गरेका छन् ।

    दसैँ मनाउन डडेल्धुराको पलगडी जाने क्रममा मुडका क्षेत्र नजिक ४० वर्षीय उज्ज्वलसिंह कुँवरसँग रहेको नगद १८ हजार भारतीय रुपैयाँ लुटेर लगेका छन् ।

    कुँवरकी श्रीमती सावित्री कुँवरले लगाएको सुनको बुलाकी, कानमा लगाएका मुन्द्रा गरी दुई तोलाको गहना र अर्की सानु खत्रीले नाक, कानमा लगाएको बुलाकी र मुन्द्रा गरी एक तोला सुनका गहना लुटेराले लुटेर लगेको इप्रका, झलारीले जनाएको छ ।

    पीडितहरुले तीनजनाको सङ्ख्यामा रहेका नकाबधारी लुटेराले धारिलो हतियार तेस्र्याउँदै लुटपाट गरेको बताएका छन् ।

    इप्रका झलारीका प्रहरी निरीक्षक सुदाम रावलले लुटेराको पहिचान भइसकेकाले पक्राउ गर्नका लागि प्रहरी टोली परिचालन गरेको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij