प्रकाशित मिति : शनिबार, अशोज २९, २०७३
बर्षात ओली , दाङ । २०७१ साउन २९ गते राति ८ बजे कपिलवस्तु जिल्लाको चन्द्रौटा स्थित प्युठानि होटेलको कोठा नम्बर ११२ खानतलासी गर्दा सो समयमा पिस्तोल र २ राउन्ड गोलि सहित बसन्त घर्ती पक्राउ परेका थिए । बर्ष ३३ का लोकबहादुर बुढा फरार थिए । फरारलाई जि प्र का दाङका सिभिल समुहले आज नियन्त्रणमा लिएको जि प्र दाङले जनाएको छ । यो मुद्दा ई प्र का चन्द्रौटाबाट चलाईएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij