प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३
उनीमाथि काठमाडौं पुरानो बानेश्वरका १९ वर्षीय सुवर्ण गुरुङको हत्या अभियोग लागेको थियो । घलेसहितका १० जनाले २०५७ कात्तिक १८ गते ठमेलस्थित जुली डिस्कोमा गुरुङलाई सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट घाइते गुरुङको सोही दिन बीर अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको थियो ।
गुरुङको हत्यालगत्तै फरार भएका घलेलाई काठमाडौं जिल्ला अदालतले २०६४ पुस १२ गते जन्मकैदको फैसला सुनाएको थियो ।
उनलाई यहि असोज १६ गते केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरी आज अदालतमा पेश गरेको थियो । आज नै काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको व्यूरोले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij