प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३
काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतको ट्वीटर एकाउण्ट ह्याक भएको छ । शनिबार राती आफ्नो ट्वीटर ह्याक भएको जानकारी दिइएको थियो ।
‘कसैले मेरो एकाउण्ट ह्याक गर्यो । मैले पोष्ट गरेको होइन । एलओएल’ भनेर मन्त्री महतको ट्वीटर एकाउण्टबाट लेखिएको थियो ।
‘हिजो राती मन्त्रीज्युको ट्वीटरमा समस्या देखिएपछि वहाँले उक्त ट्वीट गर्नुभएको थियो ।’ प्रेस संयोजक एकराज पाठकले रातोपाटीसँग भने, ‘पछि पासवर्ड बदलिएपछि समस्या समाधान भएको छ ।’
समस्या समाधान भइसकेकाले पाठकले यो विषयबारे प्रहरीमा उजुरी नगरिएको पनि जानकारी दिए । ह्याककै भएको वा अन्य समस्या भएको भन्ने बारे आफूले मन्त्री महतसँग जानकारी लिन नपाएको उनले बताए ।
अहिले उक्त ट्वीट भने मन्त्री महतको आधिकारिक ट्वीटर एकाउण्टबाट हटाइएको छ ।
बहालवाला त्यसमाथि पनि परराष्ट्र जस्तो संवदेनशील मन्त्रालय सम्हालेका मन्त्रीकै कै सामाजिक सञ्जाल को एकाउण्ट ह्याक हुनु गम्भिर विषय हो ।
यसअघि तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पनि आधिकारिक ट्वीटर ह्याण्डल २०७२ साल असार ९ गते ह्याक भएको थियो ।
नेपालका सरकारी वेभसाइटहरुमाथि ह्याकरहरुले बेलाबेला आक्रमण गर्ने गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij