आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चौकी आक्रमण गरी सशस्त्र युद्धको तयारीमा रहेको समूह हतियारसहित पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३



  • काठमाडौं  । भदौको अन्तिम साता रोल्पाको एक प्रहरी चौकी हतियारधारी समूहले घेरा हाल्यो । रातमा बन्दुक र पेस्तोल बोकेर चौकी आक्रमण गर्न १०–११ जनाको समूह पुगेको थियो । शंकास्पद व्यक्ति वरिपरि रहेको आशंकामा सेन्ट्रीका प्रहरीले ढुंगा हाने । प्रहरीले थाहा पाएपछि त्यो समूह भाग्यो । चौकी आक्रमण गरेर सशस्त्र युद्धको घोषणा गर्ने योजनामा रहेको मंगोल मूलबासी राष्ट्रिय फोर्स पार्टीको समूह थियो त्यो ।

    त्यसपछि अरू ठाउँमा आक्रमणको तयारी गरेको उक्त भूमिगत पार्टीका अध्यक्ष उपेन्द्र घर्तीमगरसहित १३ नेता–कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् ।

    ‘आफूहरूसँग थोरै हतियार भएकाले आक्रमण गर्न गएर पनि उनीहरू फर्किएका थिए,’ नेपाल प्रहरीको विशेष ब्युरोका डिआइजी बमबहादुर भण्डारीले भने, ‘राजनीतिक आवरणमा उनीहरू आपराधिक गतिविधिमा संलग्न थिए ।’

    आठजना काठमाडौंमा र पाँचजना रोल्पामा पक्राउ परेका हुन् । उनीहरूबाट नौ थान बन्दुक, दुई पेस्तोल, दुई रिभल्वर र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले उपत्यका, सिन्धुपाल्चोक र रोल्पामा संयुक्त अप्रेसन चलाएर सशस्त्र युद्ध सुरु गर्न लागेको उक्त पार्टीका नेता-कार्यकर्तालाई पक्राउ गरेको हो । उनीहरूले रोल्पामा एउटा तथा सिन्धुपाल्चोकको ग्रामिण क्षेत्रका दुई प्रहरी चौकीमा आक्रमणको योजना बनाएका थिए ।

    रोल्पामा सो पार्टीको एसटिफ कमान्डर रहेका डेपुटी सुवास राईको नेतृत्वमा आक्रमण गर्न गएको थियो । तर, आक्रमण असफल भएपछि अन्यत्र योजना बनाएका थिए । बैंक र रात्रिबस लुट्ने तयारी गर्दा उनीहरू पक्राउ परेको महानगरीय प्रहरी आयुक्त एआइजी प्रतापसिंह थापाले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

    प्रहरीका अनुसार रुकुमको उच्च भेगमा उनीहरूले सैन्य तालिमसमेत गरेका थिए । प्रहरीमा भर्नाजस्तै लडाकु भर्नामा पनि मापदण्ड बनाएका थिए । हतियारसम्बन्धी तालिम दिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा पार्टी अध्यक्ष उपेन्द्र घर्ती, पूर्वक्षेत्रीय इन्चार्ज पृथ्वीनारायण लिम्बू, मध्य क्षेत्रीय इन्चार्ज टेम्डी शेर्पा छन् । त्यस्तै, केन्द्रीय सदस्यसचिव पालुवाङ लिम्बू, लडाकु कमान्डर बनाइएका सुवास राई र अन्य कार्यकर्ताहरू रविन श्रेष्ठ, वनबहादुर स्याङ्बो, अजय तामाङ, रामबहादुर मगर, लोकबहादुर मगर, चन्द्रवीर घर्तीमगर, दुजमान घर्तीमगर र जोगबहादुर घर्तीमगर छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij