आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नक्कली नागरिकतासहित २ बंगलादेशी पक्राउ, अन्य ४ माथि अनुसन्धान हुँदै

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७३



  • सदरमुकाम इनरुवाको एक होटलबाट प्रहरीले संदिग्ध ६ बंगलादेशीलाई पक्राउ गरेको छ । जसमा दुईजनासँग नक्कली नेपाली नागरिकतासमेत फेला परेको छ ।

    अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग उनीहरुको कनेक्सन हुनसक्ने भएकाले दुईलाई मात्र प्रहरीले सार्वजनिक गरेको छ । अन्य चारजनाको बारेमा भने अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

    मंगलबार पत्रकार सम्मेलन गरी प्रहरीले दुईलाई सार्वजनिक गर्दै नक्कली नागरिकतामा मुद्धा चलाइने उल्लेख गरेको छ । डिएसपी विनोद घिमिरेका अनुसार अंग्रेजी, हिन्दी र नेपाली कुनै पनि भाषा नबुझ्ने भएकाले अनुसन्धानमा केही ढिला भएको हो । बंगली भाषा बुझ्ने प्रहरीबाट अनुसन्धान पुरा भए पछि बाँकी ४ जनालाई पनि सार्वजनिक गरिने छ । तीनमहिनादेखी इनरुवामा रहेको जमजम होटलमा उनीहरु बस्दै आएका थिए ।

    पत्रकार सम्मेलनमा उनीहरुले बंगाली भाषामा आफूहरु तीनमहिनादेखि इनरुवामा रहेको र वाईल्डिङको काम गर्न आएको उल्लेख गरेका छन् । जबकी उनीहरुसँग टोलीले वितरण गरेको नक्कली नागरिकता छ । प्रहरीले बंगलादेशको टंगाल जिल्लाका आसान मिया र पावना जिल्लाका सिजारोल मल्लिकलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । उनीहरुले पश्चिम कुशाह ठेगाना उल्लेख गरेर नक्कली नागरिकता बनाएका हुन् ।

    आतंकवादी गतिविधिमा संलग्नहरु भारतको बाटो नेपाल आएर सुनसरी लगायतका पूर्वी जिल्लाहरुमा बसी नेपाली नागरिकता बनाएर पासपोर्ट बनाई नेपालकै बाटो भएर विदेश जाने गरेका छन् । पक्राउ परेकामध्ये केही तीनचार दिन अगाडि मात्रै सुनसरी आएकाले उनीहरुलाई ल्याउने मुख्य नाइकेले नागरिकता बनाउने तयारी गरिररहेको हुनसक्ने अनुमान सुरक्षा स्रोतको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij