आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खैरो हेरोइनसहित तीन पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • कपिलवस्तु  । कपिलवस्तुको बाणगङ्गा–१३ लक्ष्मणघाटबाट खैरो हेरोइन लागुऔषधसहित प्रयोगकर्ता तथा बेचबिखन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सुराकीका आधारमा तथा अनुसन्धानबाट १५ दिन लगाएर इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोखरेलको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बाणगङ्गा निग्लीहवा–४ का विजय पासवान, सोही स्थानका मनिराम पासवान र जगजीवन पासवान रहेका छन् । ५।७५ ग्राम खैरो हेरोइन लागुऔषधसहित उनीहरुलाई प्रहरीले पक्राउ गरी लागुऔषध मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए ।

    उनीहरु लागुऔषध प्रयोग गर्नेसहित यस क्षेत्रमा बेचबिखन समेत गर्दै आएको पाइएको प्रहरीले बताएको छ । १५ दिन पहिले आफूले त्यसबारे सूचना पाएको र पक्राउ गर्ने उद्देश्यले आफ्नै नेतृत्वमा काम गरी १५ दिनपछि पक्राउ गर्न सफल भएको निरीक्षक पोखरेलले बताए। पछिल्लो समय लागुऔषध प्रयोगकर्ता बढेको र यसको बेचबिखन गर्ने सक्रिय भएको पाइएको हँुदा निगरानी बढाइएको उहाँले बताए।

    थापा अझै भेटिएनन्

    यसैबीच, कपिलवस्तुको बाणगङ्गा–४ गोगापुर निवासी वीरुबहादुर थापा हराएको महिना दिन बित्न थाल्दा समेत अझै भेट्टिएका छैनन् । कामता माध्यमिक विद्यालय करैलीयामा कार्यरत शिक्षक थापा कात्तिक ३ गतेदेखि सम्पर्कमा नआएपछि अहिले उनको विद्यालय परिवार र घरपरिवार चिन्तामा परेको छ ।

    कात्तिक ३ गते बिहान विद्यालय जान्छु भनी घरबाट हिँडेका उनी विद्यालयमा समेत सो दिन नआएको विद्यालयका प्रधानाध्यापक चोलानाथ ज्ञवालीले जानकारी दिए। थापाको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij