प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७३
वीरगंज । वीरगन्जको सिर्सिया खल्वाटोलबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध चरेश सहित एक जना भारतीय युवकलाइ पक्राउ गरेको छ ।
प्रहरीले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २८ सिर्सिया खल्वाटोलाबाट आईतबार राती ६० केजी चरेशसहित भारत बिहारको पुर्वी चम्पारण अन्तर्गत पर्ने रक्सौलको हरदिया गाँउ निवासी ३३ वर्षिय असलम मियाँ अन्सारीलाइ पक्रेको हो । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले खल्वाटोलमा बी आर ०५ पी ७८२४ नम्बरको टाटासुमो चेकजाच गर्दा टाटा सुमको भित्र रहेका दुइ वटा बोराबाट आधा केजी तौल बराबरका एक सय १९ पाकेट चरेश बरामद भएको प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।
मकवानपुरबाट टाटासुमोमा चरेश लिएर भारत तर्फ जाँदै गरेको अवस्थामा अन्सारीलाइ सुराकीले दिएको सुचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । पक्राउ परेको चरेश, गाडी र अन्सारीलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । बरामद भएको चरेशको मुल्य नेपाली बजारमा करिब १५ लाख र भारतीय बजारमा ५० लाख पर्ने प्रहरी श्रोतले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij