प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३
भोजपुर । आम्तेक–१ बस्ने ४५ वर्षीय लट्टे भन्ने आईते दमाईलाई आफ्नै ३६ वर्षीया श्रीमती निर्मला दमाईको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
दमाई दम्पती बीच सोमबार सोही ठाउँ बस्ने काजी दमाईको छोराको घरमा गई न्वारान खाई फर्कने क्रममा विवाद भई झगडा हुँदा निर्मला दमाई बारीको कान्लामुनी लड्न गई कन्चटमा चोट लागेर गम्भीर घाइते भएकीले उपचारको लागि भोजपुर सदरमुकाम लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij