आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नवलपरासीमा महिला तथा बालबालिका हिंसाका घटना बढ्दो

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३



  • परासी । नवलपरासीमा महिला हिंसा बढदै गएको एक तथ्याङ्कले देखाएको छ । चालुवर्षको कातिक मसान्तसम्म मात्र २ सय २ जना महिला तथा बालबालिका हिंसामा परेको तथ्याङ्क छ । महिला तथा बालबालिका हिंसा न्युनिकरणका लागि महिला तथा बालबालिका कार्यालयसँगै विभिन्न गैर सरकारी संघ संस्थाहरुले जनचेतनामुलक कार्यक्रम गर्दै आएपनि ति घटनाहरुमा खासै कमी नआएको पाइएको छ ।

    नवलपरासी साक्षर जिल्ला घोष्णा भएपनि यहाँका अधिकांश पुरुषहरु अशिक्षाका कारण विभिन्न कुलतमा फस्दै महिला हिंसा गर्दै आएका महिला तथा बालबालिका कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार खासगरि जिल्लामा घरेलु, शारीरिक तथा मानसिक यातना र भेदभाव एवं अन्धविश्वासका कारणले महिला तथा बालबालिकाहरु हिंसामा पर्दै आएको जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार घरेलु हिंसा अन्तर्गत शारिरिक यातनामा परेका मध्ये २३ जना महिला, ४ बालक र ६ जना बालिका गरि ३३ जना परेका छन भने मानसिक यातनामा १७ महिला, ३ बालक, र ५ जना बालिका गरि २५, आर्थिक यातनामा १२ महिला, २ बालक, र ३ बालिका गरि १७ जना महिला तथा बालबालिका गरि कुल ७५ जना हिंसामा परेका छन् ।

    त्यस्तै छिमेकी तथा अन्य व्यक्तिबाट अन्तर्गत शारिरिक यातनामा १८ महिला, ३ बालक र ३ बालिका गरि २४, मानसिक यातनामा १९ महिला, ४ बालक र ४ बालिका गरि २७ र आर्थिक यातनामा २ महिला गरि कुल ५३ महिला तथा बालबालिका हिंसामा परेको सेवा केन्द्रले तथ्याङ्क देखाएको छ ।

    त्यसैगरी यस अवधि भरिमा ५३ जना महिला तथा बालबालिका हराएका छन जसमध्ये ४२ जना महिला, ३ जना बालक र ८ जना बालिका रहेको सेवा केन्द्रले जानकारी दिदै हराएका मध्ये १४ जनालाई फेला पारिसकिएको छ भने ७ जनाको उद्दार समते गरि सकेको बताएको छ । बाकि हराएकाहरु खोजतलासी भैरहेको प्रहरी सेवा केन्द्रले जानकारी दिएको छ ।

    महिला हिंसा न्युनिकरणका लागि विभिन्न किसिमका जनचेतना मुलल कार्यक्रम, गोष्ठी सेमिनार, अन्तरत्रृmया, सडकनाटक, तालिम, होडिङ्ग बोर्ड, पम्पलेटिङ्ग र परामर्श समेत गरिदै आइएको महिला तथा बालबालिका कार्यालय कि कार्यालय प्रमुख उर्वरा लुईटेलले बताए । प्रमुख लईटेलका अनुसार महिला हिंसाका घटनाहरु नवलपुर र सिमावर्ति ग्रामिण क्षेत्रमा बढि हुने गरेको पाइएको छ भने हिंसामा पर्ने अधिकांश घटनाहरु अशिक्षा, कुरिती, अन्धविश्वा दाईजो प्रथा, मदिरा सेवन र लागु औषधका कारणले हुने गरेको प्रमुख लुईटेलले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij