प्रकाशित मिति : बुधबार, मंसिर २२, २०७३
राजविराज । तराई मधेश लोकतान्त्रिक पार्टीका सप्तरी जिल्ला अध्यक्ष रामपृत यादवले घरायसी विवादका कारण आफ्नै वुहारीलाई कुटपिट गरी घाईते बनाएको खुलासा भएको छ ।
कुटपिटबाट घाईते भएकी २५ वर्षीय वुहारी रोमिताकुमारी यादवलाई उपचारार्थ राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याईएपछि यस्तो खुलासा भएको हो ।
आफूलाई ससुराले पटक पटक कुटपीट गरेको रोमिताले बताइन् । उनको श्रीमान् सन्तोष हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया छन् ।
श्रीमान मलेसिया गएसँगै सिम्राहा सिंग्यौन–२ बस्ने ससुरा रामपृत र देवर श्रवणकुमार मिलेर आफुलाई पटक पटक कुटपिटका साथै मानसिक यातना दिने गरेको उनले दुखेसो व्यक्त गरिन् ।
पीडितका भाई राजविराज–९ का नरेश यादवले जिल्लाकै नेतृत्व गर्ने जिम्मेवार व्यक्तिबाटै महिला हिंसालाई समेत ख्याल नगरी दिदीमाथि पटक पटक कुटपिट भएको प्रति आक्रोस व्यक्त गरे ।
उनले घटना बारे प्रहरीमा पनि जानकारी गराईसेको भन्दै दिदीलाई न्याय दिलाउनमा पहल गरिदिनुहुन् सञ्चारकर्मीहरुलाई आग्रह समेत छन् ।
यता, अध्यक्ष यादवले आफुले वुहारीलाई कुटपिट नगरेको दाबी गरेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका सप्तरी जिल्ला अध्यक्ष रामपृत यादवले घरायसी विवादका कारण आफ्नै वुहारीलाई कुटपिट गरी घाईते बनाएको खुलासा भएको छ ।
कुटपिटबाट घाईते भएकी २५ वर्षीय वुहारी रोमिताकुमारी यादवलाई उपचारार्थ राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याईएपछि यस्तो खुलासा भएको हो ।
आफूलाई ससुराले पटक पटक कुटपीट गरेको रोमिताले बताइन् । उनको श्रीमान् सन्तोष हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया छन् ।
श्रीमान मलेसिया गएसँगै सिम्राहा सिंग्यौन–२ बस्ने ससुरा रामपृत र देवर श्रवणकुमार मिलेर आफुलाई पटक पटक कुटपिटका साथै मानसिक यातना दिने गरेको उनले दुखेसो व्यक्त गरिन् ।
पीडितका भाई राजविराज–९ का नरेश यादवले जिल्लाकै नेतृत्व गर्ने जिम्मेवार व्यक्तिबाटै महिला हिंसालाई समेत ख्याल नगरी दिदीमाथि पटक पटक कुटपिट भएको प्रति आक्रोस व्यक्त गरे ।
उनले घटना बारे प्रहरीमा पनि जानकारी गराईसेको भन्दै दिदीलाई न्याय दिलाउनमा पहल गरिदिनुहुन् सञ्चारकर्मीहरुलाई आग्रह समेत छन् ।
यता, अध्यक्ष यादवले आफुले वुहारीलाई कुटपिट नगरेको दाबी गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij