आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बढ्यो वन अतिक्रमण

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २८, २०७३



  • भक्तपुर ।  वन क्षेत्र अतिक्रमण गरेर घर टहरा र व्यापारिक केन्द्र निर्माण गर्ने क्रम ह्वात्तै बढेको छ ।

    भूकम्पपछि घर भत्किएका केहीले आश्रयस्थलको रुपमा टहरा हालेर बसे पनि उनीहरुलाई वन क्षेत्रबाट नहटाएपछि अहिले सयौँको सङ्ख्यामा घर र व्यापारिक केन्द्रका रुपमा होटल बन्न थालेका छन् ।

    नगरकोट नगरपालिकाअन्तर्गत भक्तपुर–नगरकोट सडकको दाँयाबायाँ वन अतिक्रमण गरेर सयाैं होटल तथा रेस्टुराँ निर्माण गरी व्यापारिक केन्द्र बनाउँदा समेत जिल्ला वन कार्यालय एवम् सम्बन्धित निकायले चासो दिएका छैनन् ।

    यस क्षेत्रमा चार आनादेखि १० रोपनीसम्म क्षेत्रफल अतिक्रमण गरेर बिना दर्ता व्यवसाय सञ्चालन हुँदा कसैले चासो नदिएपछि अतिक्रमण बढ्दै गएको स्थानीयवासी रामकृष्ण कार्की बताउँछन् ।

    जथाभावी खुलेका यस्ता पसलले गाउँमा नै समस्या पारेको, साँझ बिहान गाउँमा हिँडडुल गर्न समेत समस्या परेको स्थानीयवासी बताउँछन् । नगरकोटका बासिन्दा र नगरकोट नाल्दुम पर्यटन विकास समितिले पटक ÷पटक अतिक्रमित घर, टहरा हटाउन जिल्ला वन कार्यालय, डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि चासो दिएका छैनन् ।

    प्रशासन र वन कार्यालयले टहरा हटाउन एक वर्ष अगाडि नै सूचना जारी गर्दासमेत अतिक्रमण बढ्ने क्रम जारी छ । यस्तै अनन्तलिङ्गेश्वर नगरपालिका– १३, गुन्डु क्षेत्रमा पनि वन अतिक्रमण गरेर होटल तथा रेस्टुराँ बनाउने क्रम बढेको छ । गत जेठमा जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरीको रोहरवरमा वन अतिक्रमण गरी निर्माण गरिएका १६ टहरा हटाए पनि अहिले ती स्थानमा पुनः नयाँ टहरा थपिन थालेका छन् ।

    त्यस्तै गुन्डुको रानीकोट क्षेत्रमा ठूला व्यापारीले नै सार्वजनिक जग्गा र वन क्षेत्र अतिक्रमण गरेर ठूला पक्की होटल धमाधम निर्माण गर्दैआएका छन् । गत असारमा शिलान्यास भइसकेको राष्ट्रिय प्राणी उद्यानअन्तर्गतका क्षेत्रमा र पाइलट बाबा आश्रमवरिपरीको सडक एवम् वन क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij