आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बालक अपहरणपछि बीभत्स हत्या

  • प्रकाशित मिति : शनिबार, पुस २, २०७३



  • काठमाडौँ ।  सप्तरी हरिपुर  ३ का २७ वर्षीय चूडामणि ठाकुर डेढ वर्षअघि वैदेशिक रोजगारीबाट घर फर्किए । उताबाट पैसा कमाएर ल्याएपछि अब गाउँमै केही गर्ने योजना बनाए । बाबु सुकदेवले उनको विवाह पनि गराइदिए । तर, चूडामणिले विदेशबाट कमाएर ल्याएको सबै रकम फुरमासमै सकाए । बाबु सुकदेवले गर्भवती बुहारीसहित उनलाई घरबाट अलग गरिदिए ।
    पैसा नभएपछि चूडामणि समस्यामा परे । घरबाट केही पाउँदैनथे । उनले नयाँ ट्रयाक्टर खरिद गरेर गाउँमै बसी जीविकोपार्जन गर्ने योजना बनाए । तर, त्यसका लागि पैसा थिएन । पैसा जम्मा गर्न उनले अपराधको बाटो रोजे ।
    सय मिटरकै वरिपरि घर भएका छिमेकी रामगोविन्द साह (सुस्त मनस्थिति) का जेठा छोरा दुबईमा काम गरिरहेका थिए । राम्रो पैसा पनि कमाइरहेका थिए । उनका आठ वर्षीय छोरा दुर्गानन्दलाई अपहरण गरी फिरौती लिएर ट्र्याक्टर किन्ने उनले योजना बनाए ।
    अपराधकै लागि उनले नयाँ सिमकार्ड लिए । १९ वर्षीय छिमेकी भाइ रामबाबु गुप्ता साहको सहयोगमा चूडामणिले एनसेलको ९८१६७–१११६१ नम्बरको सिमकार्ड लिए ।
    उनले बालक अपहरणको योजना बनाए । ११ मंसिर साँझ ‘गाउँमा खरायो आएको छ, मसँग आऊ, तिमीलाई देखाइदिन्छु’ भन्दै उनले दुर्गानन्दलाई केही पर लगे । त्यसपछि हातखुट्टा बाँधेर मुख थुनी उनले बालकलाई केही पर राखे । त्यहाँ राखिराख्दा खतरा हुने भएपछि उनले सोही राति बालकको मुख र नाक थुनेर हत्या गरे । बालकको शव छिमेकी पनेलाल साहको शौचालको सेफ्टी ट्यांकमा फालेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय कडेरबोनाका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र यादवले बताए ।
    मोबाइल म्यासेजले फन्दामा
    ११ मंसिरको साँझदेखि हराएका छोरा भोलिपल्ट पनि घर नफर्किएपछि दुर्गानन्दकी आमा ममताले १२ मंसिरमा इलाका प्रहरी कार्यालय कडेरबोनामा तस्बिरसहित उजुरी गरिन् । प्रहरीले सो क्षेत्रमा बालक खोजी गर्न विभिन्न टिम परिचालन गरे पनि सफल हुन सकेन ।
    बालक हराएको सात दिनपछि १७ मंसिरमा ममताको मोबाइलमा ९८१६७–१११६१ नम्बरबाट हिन्दी भाषामा एउटा म्यासेज आयो । त्यसमा लेखिएको थियो, ‘तुम्हारे बेटाको मैने अपहरण किया हुँ, बेटा जिन्दा चाहिए तो पाँच लाख देना पडेगा ।’ ममताले आफ्नो मोबाइलमा आएको म्यासेजबारे प्रहरीलाई जानकारी दिइन् ।
    इलाका प्रहरी कार्यालय कडेरबोनाका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र यादवले भने, ‘माथिल्लो निकाय जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा सो नम्बरबारे खोजबिन गर्दा पनि कुनै रेकर्ड फेला परेन, पछि मात्रै सो नम्बर देउरीको एक मोबाइल पसलबाट विनानागरिकता बिक्री गरिएको जानकारी हामीले पायौँ ।’
    अनुसन्धानकै क्रममा चूडामणिलाई प्रहरीले पक्राउ गर्‍यो । गाउँमा हुने सामान्य बदमासीमा उनको संलग्नता रहने गरेकाले प्रहरीले पक्राउ गरेको थियो । सोधखोजकै क्रममा उनले अपराध स्वीकार गरे । उनका सहयोगी रामबाबु र मोबाइल पसले कपिलदेवलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।
    उनीहरूकै बयानका आधारमा प्रहरीले ३० मंसिरमा छिमेकी पनेलाल साहको शौचालयको सेफ्टी ट्यांकबाट प्रहरीले बालकको शव निकाल्यो । घटनाको १९ दिनपछि मात्र प्रहरीले अपहरणपछि हत्या गरिएका बालकको शव फेला पारेको हो ।

    रातो पाटी बाट सभार

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij