आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘दुर्गा तिवारीलाई मैले गोलि हानेको हुँ’

  • प्रकाशित मिति : मङ्लबार, पुस ५, २०७३



  • काडमाडौं । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी माथि गोली हाने लगत्तै एक युवाले तिवारीका आफन्तलाई टेलिफोन गरी आफुले गोली हान्न लगाएको बताएका छन् । उक्त व्यक्तिले आफ्नो नाम मनोज पुन भएको बताएका छन् ।

    घटनाको अनुुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार तिवारीसँग निटक सम्बन्ध रहेकाहरुलाई टेलिफोन गरेर मनोजले ‘तिवारीलाई मैले गोली हानेको हुँ, अब तिमीहरुको पालो आउँदै छ’ भनेर त्रासदी सिर्जना गरेका हुन् ।

    ‘स्थानिय मान्छेलाई फोन गरेर मैले मारेको हुँ भनेको खुल्न आएको छ’ घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी इन्सपेक्टरले रातोपाटीसँग भने, ‘मनोज पुन केही महिना अघि दखि भारतमा लुकिछिपी बस्दै आएका छन् ।’

    आजभन्दा करिब ६ महिना अघि पनि मनोजको समुहले दुर्गा तिवारीमाथि आक्रमण प्रयास गरेको थियो । त्यतिबेला देखि नै फरार रहेका मनोज हालसम्म भारतमै लुकेर बसेको प्रहरीको भनाई छ ।

    ‘केही महिना अघि मनोजकै टिमले तिवारीमाथि गोली हानेको थियो’ अञ्चल प्रहरी कार्यालय लुम्बिनीका एसएसपी शेर बहादुर बस्नेतले भने, ‘त्यतिबेलाको गोली काण्डमा संलग्न ४ जनालाई पक्राउ गरेर मुद्धा चलाएका थियौं, तर मनोज भने त्यतिबेला देिख नै फरारको सुचिमा छन् ।’

    एसएसपी बस्नेतका अनुसार घटनामा संलग्न कोही पक्राउ परेका छैनन् ।

    तिवारी र मनोज दुवैजना तत्कालिन युथफोर्समा कार्यरत थिए । युथफोर्समा रहँदा मनोज संगठनको आडमा पैसा उठाउँथे । तिवारीलाई उनको ब्यवहार चित्त बुझेको थिएन् । त्यसपछि तिवारीकै आग्रहमा मनोजलाई युथफोर्सले संगठनको साधारण सदस्य पनि नरहनेगरी निष्कासन गरेको थियो ।

    ‘मनोजल त्यहि रिसीवी साँधेका हुन्’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक इन्सपेक्टरले भने, ‘राजनीतिक प्रतिसोधकै आधारमा तिवारी माथी गोली प्रहार भएको देखिन्छ ।’

    राजनीति सँगै दुर्गा तिवारी रुपन्देहीमा इट्टाभट्टा ब्यवसाय पनि गर्थे । इट्टा ब्यवसायबाट राम्रै आम्दानी गरेका तिवारीलाई पछिल्लो समय मनोजले पैसा नदिए ज्यान मार्ने धम्कि समेत दिँदै आएका थिए । ‘पहिलो पटक गोली हान्नुको एउटा कारण पैसा पनि थियो’ अञ्चल प्रहरी कार्यालयका एसएसपी बस्नेतले भने, ‘पैसा नदिएपछि गोली हानेको देखिन्छ, हामी अनुसन्धान गरिरहेका छौं ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij