अब मलेसियामा कार्यरत नेपालीसहित आप्रवासी कामदारले लेबी तिर्नु नपर्ने भएको छ ।
अंग्रेजी नयाँ वर्षदेखि लागू हुनेगरी त्यहाँको सरकारले कामदारले हाल तिर्दै आएको लेबी रोजगारदाता कम्पनीमार्फत लिने भएको हो ।
हालसम्म मलेसियामा कार्यरत कामदार आफूले तलबबाट लेबी कटाएर मात्रै पारिश्रमिक पाउने गरेका छन् ।
आइतबारदेखि यो नियम लागू भएपछि त्यहाँ रहेका झण्डै ५ लाख नेपाली कामदार लाभान्वित हुने छन्। पारिश्रमिकमा लेबी कटौती नहुने भएपछि अब त्यहाँका कामदारलाई केही बढी पैसा हात पर्नेछ ।
त्यस्तै मलेसिया सरकारले चाँडै नै विदेसी कामदारलाई थप जिम्मेवार र अधिकारयुक्त बनाउन नयाँ मापदण्ड ल्याउने तयारी गरिरहेको पनि त्यहाँस्थित संचारमाध्यमले जनाएका छन् ।