प्रकाशित मिति : आइतवार, पुस १७, २०७३
गाईघाट । पतिले कुटेपछि बेहोस भएकी उदयपुरको भलायडाँडा ३ की सरिता मोतेको १५ दिनसम्म पनि होस खुलेको छैन । उनी उपचारको क्रममा अस्पतालमा छिन् ।
आमा उपचारको लागि अस्पताल र बाबु प्रहरी हिरासतामा परेपछि नाबालक तीन बच्चाको बिचल्ली भएको छ ।
पुस १ गते पतिको कुटपिटबाट सिकिस्त विरामी भएकी सरिताका पति जिवन मोतेलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।
बाबुमाआ दुवै साथमा नभएपछि आश्रित बालबालिकाको भरणपोषण्मा समेत समस्या भएको छ ।
घाइते सरिताको अहिले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij