आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ताप्लेजुङमा वन रक्षकको खुकुुरी प्रहार गरी हत्या

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७३



  • ताप्लेजुङ  । जिल्ला वन कार्यालयअन्तर्गत खोक्लिङ रेञ्जपोस्टमा कार्यरत वन रक्षक गणेश शाहीको हत्या भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार जाजरकोट घर भएका शाहीको आज बिहान हत्या भएको हो । खोक्लिङ गाविसको ओइराखुस्थित सामुुदायिक वनको लगत सर्वेक्षणका क्रममा गएका समयमा स्थानीय सविन लिम्बुूले खुकुुरी प्रहार गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिनए ।

    धारिलो हतियार प्रहारबाट घाँटी र शरीर छुट्टिएको अवस्थामा उनको शव फेला परेको थियो । घटनास्थल सदरमुकामबाट करिब चार घन्टाको पैदल दूरीमा पर्छ । खुकुरी प्रहार गर्ने सविन फरार रहेको र उनको खोजी कार्य भइरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij