प्रकाशित मिति : शनिबार, माघ १, २०७३
चीनको केरुङ्ग नाका हुदैँ काठमाडौं भित्रिएको १५ किलो सुन प्रहरीले बरामद गरेको छ। काठमाडौं भित्र्याउदैँ गर्दा बालाजु प्रहरीले १५ किलो सुनसहित १ जनालाई पक्राउ गरेको छ।
ना १ ज ४९६४ सुमोबाट सुन बरामद भएको हो। गाडीको अगाडीको ईन्जिनको भागमा ब्याट्रीको फलामको फल्स बटम जस्तो बनाई लुकाई छिपाई राखेको अबस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ।
गाडी चालक भक्तपुर सुर्यबिनायक ११ पलाँसे बस्ने वर्ष ३० को रबिन्द्र भुजेल पक्राउ परेका छन्। सुन बरामद गर्न बालाजुका डिएसपी अाफैँ विहान १ बजे चाैमती पुलमा पुगेका थिए।
तातोपानी नाका बन्द भएपछि अहिले केरुङ्ग नाकाबाट सुन तस्करी भइरहेको छ। दुबइबाट काठमाडौं भित्रिएको साढे ३३ किलो सुन बरामद भएको ९ दिन भित्रमा प्रहरीले १५ किलो सुन बरामद गरेको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij