आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीमतीलाई जिउँदै आगो लगाइ श्रीमान फरार

  • प्रकाशित मिति : शनिबार, माघ ८, २०७३



  • नेपालगन्ज । सामान्य घर झगडामा एक युवकले श्रीमतीलाई जिउँदै आगो लागाइदिएका छन् ।
    नेपालगन्ज १२ खट्कनपुरुवाका २६ बर्षीय राजेन्द्र खटिकले श्रीमती अमिसा खटिकलाई मट्टितेल खन्याएर आगो लगाएका हुन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

    भारतको गोरखपुर देबरीया माइती भएकी अमिसाको अवस्था निकै गम्भीर छ । उनको अहिले भेरी अन्चल अस्पतालमा उपचार भइरहेको छ ।

    २२ बर्षीय अमिसाको पुरै शरीर जलेको छ । प्रहरीका अनुसार उनको छाती, मुख, हात, घाँटी र गुप्तांगसमेत जलेको छ ।

    चिकित्सकका अनुसार उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ ।
    उपचारमा संलग्न चिकित्सक दुर्गानन्द अधिकारीका अनुसार अमिसाको उपचार यहाँ सम्भव छैन, तर उनलाई उपचारका लागि बाहिर लैजाने कोही आफन्त छैनन् ।
    बिहीबार राती घर झगडा भउपछिराजेन्द्रले बलिरहेको टुकीको मट्टीतेल खन्याएर श्रीमतीको शरीरमा आगो लगाउका थिए । श्रीमतीलाई आगो लगाएपछि राजेन्द्र फरार छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij