आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने महिला पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, माघ २५, २०७३



  • राजविराज । सप्तरीको पातो– ७ मा आफ्नै तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

    पक्राउपर्नेमा स्थानीय २५ वर्षीया उर्मिलादेवी मण्डल छिन् । धर्मदेव मण्डलका तीन वर्षीय छोरा रामअवतार मण्डलको हत्या उनकै काकी उर्मिलादेवी मण्डलले घरायसी विवादका कारण आक्रोशमा आएर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    साडीको कपडामा पोको पारी सेतो प्लास्टिकको बोरामा घर पछाडि रहेको मलघारीमा लुकाइएको अवस्थामा आइतबार साँझ उनको शव प्रहरीले फेला पारेको थियो ।

    तीन दिनअघि मृतक रामअवतारका आमा र काकी उर्मिलादेवीबीच घरायसी विवाद भएको थियो र सो क्रममा उर्मिलाले मृतककी आमालाई तेरो छोरा मारिदिन्छु भनेर धम्की दिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।

    पक्राउ परेकी महिलालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत राजविराजबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक लोहनीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij