प्रकाशित मिति : मङ्लबार, फाल्गुन ३, २०७३
काठमाडौं । नक्कली पेस्तोले देखाएर लुटपाट गर्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट सामरी–२ घर भई हाल बालाजु ढुङ्गेधारा बस्ने ३० बर्षीय पुर्ण बहादुर तामाङ् समेत ४ जनालाई नक्कली पेस्तोलसहित काठमाडौंको नयाँबजारबाट नियन्त्रणमा लिईएको काठमाडौं प्रहरीले जनाएको छ ।
हातमा पेस्तोल जस्तो देखिने बस्तु देखाई लुटपाट गर्ने उद्देश्यले हिँडेको सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले चेक गर्दा उनीहरुको साथमा (युएसजी एमएम पेरेट्टा) लेखिएको नक्कली पेस्तोल भेटिएको प्रहरीले जनाएको छ ।
त्यस्तै नुवाकोटको खानिगाँउ–४ स्थित बगरखोलाको छेउबाट बेवारिसे अवस्थामा रहेको १ नाल भरुवा बन्दुक प्रहरीले सोमबार फेलापारी बरामद गरेको छ ।
यसैगरी बाराको रामपुर टोकनी–३ स्थित एभरेष्ट ईन्ड्रष्टिज जुफेङ लेदर प्रा.लि.बाट मंगलबार नगद ६० लाख रुपैयाँ र चार थान मोबाईल लुटपाट भएको छ ।
पाँच–छ जनाको अपरिचित नकाबधारी समुह आई उक्त प्रा.लि.मा रहेका १ जना सुरक्षा गार्ड र २ जना चिनिया नागरिकलाई छुरा र लाठी देखाई सामान्य कुटपिट गरी नियन्त्रणमा लिई उक्त नगद लुटपाट गरी फरार भएका थिए । फरार अभियुक्तहरुको खोजि भईरहेको बारा प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij