प्रकाशित मिति : शनिबार, फाल्गुन ७, २०७३
वासिङटन । अमेरिकी नौसेनाका पूर्व प्रमुख रोबर्ट हावार्ड ब्रुनले राट्रिपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।
ब्रुनले आफ्नो परिवारिक कारण देखाउँदै उक्त पद अस्वीकार गरेका हुन् । तर राट्रिपति ट्रम्प विभिन्न कारणले विवादमा मुछिएको भन्दै ब्रुनले सल्लाहकार बन्न अस्वीकार गरेको बिबिसीले जनाएको छ ।
ब्रुनलाई सोनाका अवकाश प्राप्त जनरल मिखाएल फ्लिनको ठाउँमा सुरक्षा सल्लाहकारको रुपमा नियुक्त गर्न राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेका थिए ।
ब्रुनले राजनीतिक सल्लाहकार हावी हुने देखिएपछि पद अस्वीकार गरेको सिएनएनले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij