प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७३
प्रेमिकाको कथित रुपमा बलात्कारपश्चात् हत्या गर्ने र शवलाई टुक्रा पारेर खाने एक प्रेमीको सुनुवाई तेस्रोपटक पनि स्थगित भएको छ ।
३५ वर्षीय जोसेफ ओबरह्यान्सले दक्षिणी इन्डियानाका हुन् जसले सन् २०१४ मा आफ्नी प्रेमिलाई बलात्कारपश्चात् हत्या गरी उनको शवलाई टुक्रा पारेर खाएको भनी आरोप लागेको छ ।
उनीविरुद्ध अदालतमा सुनुवाई चलिरहेका बेला यसले नयाँ मोड लिएको छ । फक्राउ परेका जोसेफले अदालसामू आफू ट्राइलका लागि खडा हुन नसक्ने बताएका छन् । उनका वकिल अनुसार जोसेफको दिमागी अवस्था अहिलेसम्म पनि ठिक हुन नसकेको भन्दै अदालती कारवाही बुझ्न सक्षम छैनन् ।
जोसेफले सनकमा आफ्नी प्रेमिका ट्यामी जो ब्लाटनको हत्या गरेको बताइएको छ । एक अंग्रेजी वेबसाइटका अनुसार यदि जोसेफ यी आरोपमा दोषी पाए उनलाई मृत्युदण्डको सजायँ सुनाइने सम्भावना प्रचुर छ ।
पहिले पनि दुईपटक ट्रायल सरिसकेकोः
यो मुद्दामा पहिले पनि थुप्रै मोड आइसकेका छन् । योभन्दा पहिले दुई पटक ट्राइल स्थगित भइसकेको छ जसको मूल कारण थियो जोसेफको मानसिक स्थिती ठिक नहुनु । स्मरण रहोस्, यसपटक ट्रायलको तारिख जून महिनासम्मको लागि स्थगित गरिएको छ तर त्यो पनि स्थगित हुने निश्चित जस्तै भइसकेको बताइएको छ ।
अभियोगपक्षका वकिलले आफ्नो रोष प्रकट गर्दै यी सबै बाहाना भएको बताएका छन् । उनी भन्छन्, ‘मलाई लाग्दैन जोसेफ अदालतमा उपस्थित हुन सक्दैनन् । अदालतले दुई/तीनजना मानसिक विशेषज्ञलाई जोसेफको स्थिती परिक्षणका लागि पठाउनु पर्छ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij