आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अवैध रुपमा माटो उत्खनन गर्ने ट्याक्टर र जेसिवी नियन्त्रणामा

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १६, २०७३



  • चितवन  । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर र जेसिवी प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनको नदीजन्य पदार्थ उत्खनन नियन्त्रण तथा निरुत्साहित गर्ने अभियानअन्तर्गत पश्चिम चितवनमा उत्खनन गर्दै गरेका बेला प्रहरीले आठ वटा ट्याक्टर र तीन वटा जेसिवी नियन्त्रणमा लिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

    भरतपुर–१८ को सिद्धी गणेश सामुदायिक वन क्षेत्रअन्तर्गत नारायणी नदी किनारमा गिटी–बालुवा उत्खनन गर्ने क्रममा आइतबार वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक निरञ्जन भट्टराईको कमाण्डमा खटी गएको प्रहरी टोलीले उक्त स्थानबाट वरपिपल कन्ट्रक्सनको तीन वटा जेसिवी र आठ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

    यसरी नियन्त्रणमा लिइएकोमा बा २ क ८८६, ना १क २६०१ र नम्बर नखुलेको जेसिवी छ । यस्तै ना ३ त ४२५५, ना ३ त ७३९५, ना ६ त १३२८, ना ५ त ३६४, लु २ त ५७६९, ना ४ त ७४४२, ना ३ त ६५६८, ना १ त ९५३० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला विकास समिति चितवनमा पठाइएको प्रहरीले जनाएको छ ।

    दुई सय लिटर घरेलु मदिरा बरामद

    चितवन प्रहरीले घरेलु मदिरा बिक्री वितरण तथा ओसारपसार नियन्त्रण विशेष अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय खैरहनी र इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले विभिन्न क्षेत्रबाट २०० लिटर घरेलु मदिरा बरामद गरेको छ ।

    आइतबार खैरहनी नगरपालिका–८ बाट २०० लिटर अवैध घरेलु मदिरा र १०१ वटा मदिरा राख्ने प्लास्टिकका भाँडा, १४ वटा मदिरा बनाउने भाडा नियन्त्रणमा लिएको जनाइएको छ ।

    आवश्यक कारबाहीका लागि बरामद सामग्री आज आन्तरिक राजस्व कार्यालय भरतपुरमा बुझाइने प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij