आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दो

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २१, २०७३



  • पाल्पा । जिल्लामा गर्भपतन गराउने महिलाको सङ्ख्यामा बृद्धि भएकोे छ ।

    सुरक्षित गर्भपतन सेवा पाल्पामा सुरु भएपछि गर्भपतन गराउने महिलाको सङ्ख्यामा बृद्धि भएको हो । पाल्पामा सन् २००८ देखि सुरक्षित गर्भपतन सेवा सुरु भएको हो ।

    जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाकाअनुसार सन् २००८ मा तीन सय ६० महिलाले सुरक्षित गर्भपतन गराएकोमा सन् २०१६ मा नौ सय ९२ महिलाले सुरक्षित गर्भपतन गराएका छन् । सन् २०१७ को जनवरी र फेब्रुअरीमा एक सय ७२ महिलाले सुरक्षित गर्भपतन गराएका छन् ।

    त्यस्तै सन् २००९ मा ६ सय २६, २०१० मा ६ सय ५८, २०११ मा पाँच सय ५५, २०१२ मा पाँच सय ५६, २०१३ मा पाँच सय २७, २०१४ मा आठ सय २६ र २०१५ मा सात सय ५४ महिलाले सुरक्षित गर्भपतन गराएका थिए ।

    जिल्ला अस्पताल तानसेन, रामपुर अस्पताल, ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र, खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र, गाडाँकोट स्वास्थ्य चौकी, झडेवा स्वास्थ्य चौकी, मदनपोखरा स्वास्थ्य चौकी, नायर स्वास्थ्य चौकी, पिपलडाँडा स्वास्थ्य चौकी, चिदिपानी स्वास्थ्य चौकी, अर्गली स्वास्थ्य चौकी, पालुङ्ग स्वास्थ्य चौकी र छहरा स्वास्थ्य चौकीमार्फत नौदेखि १२ हप्ता सम्मको गर्भपतन गराउने सेवा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले जानकारी दिए ।

    यीबाहेक जिल्लामा सञ्चालित लुम्बिनी मेडिकल कलेज प्रभास र नेपाल परिवार नियोजन सङ्घबाट पनि केही शुल्क लिएर सुरक्षित गर्भपतन सेवा गराउँदै आएका छन् । नेपाल सरकारले सूचीकृत गरेका सरकारी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा २०७३ पुसदेखि निःशुल्क रुपमा उपलब्ध रहेको उनले बताए । यसभन्दा पहिले केही निश्चित शुल्कमा सुरक्षित गर्भपतन गराइने गरिन्थ्यो ।

    नौ हप्तासम्मको गर्भपतन औषधि सेवन गरेर गराउन सकिने र नौदेखि १२ हप्ता सम्मका लागि औजार प्रयोग गरेर गर्भपतन गराइने गरिन्छ । १२ देखि १८ हप्ता सम्मका लागि विशेष परिस्थितिजस्तो हाडनाता, जबर्जस्ती करणी, आमाको खतरा अवस्था आएमा गर्भपतन गराउन सकिन्छ ।

    जिल्लामा २० देखि ४० वर्ष सम्मका महिलाले बढी गर्भपतन गराउने गरेका छन् । गर्भपतन गराउँदा स्वास्थ्यका लागि घातक मानिने हँुदा सकेसम्म गर्भनिरोधक औषधि जस्तै परिवार नियोजनका साधन अपनाउनपनि स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

    २०७२ को माघबाट जिल्लाका धेरैजसो स्वास्थ्य संस्थामा गर्भपतन गराउने सेवा थप गरिए पनि पछिल्लो समय निजी संस्थामा नभई सरकारी स्वास्थ्य संस्थामा नै गर्भपतन गराउनेको सङ्ख्या बढ्दो छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij