आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दिल्लीमा नेपाली युवतीमाथि सामूहिक बलात्कार, नग्न अवस्थामा सडकमा मागिरहिन् मद्दत

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ३०, २०७३



  • दिल्लीमा नेपाली मूलकी एक महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् । प्राप्त जानकारीका अनुसार २६ वर्षीया नेपाली महिला बच्नका लागि नग्न अवस्थामा घरको पहिलो तल्लाबाट हाम फालिन् । उनी सडकमा मानिसहरुसँग मद्दतको गुहार मागिरहिन् तर कोही पनि उनलाई मद्दत गर्न अग्रसर भएनन् । यहाँसम्मकी उनको नग्न शरिरलाई ढाक्नसमेत  कसैले  कपडा दिएनन् ।

    एक भारतीय मिडियाका अनुसार दिल्लीको पाण्डव नगर थाना इलाकामा उक्त घटना भएको हो । पुलिसबाट प्राप्त जानकारी अनुसार आइतबार बिहान एक व्यक्तिले पीडितलाई बाल्कोनीबाट हाम फालिरहेको देखेर बिहान स्थानीय समयानुसार ५ बजेर ४५ मिनेटमा पुलिसलाई फोन गरी उक्त कुराको जानकारी दिएका हुन् ।

    पुलिसका अनुसार मुनिरका इलाकामा नविन देशमुख नामक युवकले महिलालाई आफ्नो घर ल्याए र उनलाई पाँच पुरुषले पालै–पालो सामूहिक बलात्कार गरे । विरोध गर्दा उनमाथि कुटपिट पनि गरियो । त्यसपछि आरोपीले उनको सबै कपडा खोलेर उनलाई कोठामा बन्द गरेर त्यहाँबाट भागे ।

    पीडित महिला मद्दतका लागि उक्त घरको पहिलो तल्लामा बनेको कोठाबाट नग्न अवस्थामा नै त्यहाँबाट हाम फालिन् । मानिसहरु तमासे बने तर कसैले पनि महिलालाई शरिर ढाक्नका लागि कपडा दिएनन् । पछि घाइते महिला टेम्पोमा चढेर त्यहाँबाट निस्किइन् र पुलिसलाई घटनाको पूर्ण जानकारी दिइन् । उनले पुलिसलाई आफूलाई पाँचजनाले बलात्कार गरेको बताइन् ।

    प्रहरीले महिलाको स्वास्थ्य उपचार गराए र आरोपी नविन कुमार देशमुख, प्रतिक कुमार, विकास मेहरा, सवर्जित र लक्ष्यलाई पक्राउ गर्यो ।

    महिलाको खुट्टामा चोट लागेको छ । उनको उपचार भइरहेको छ । पुलिसका अनुसार पीडित महिला दुई बच्चाकी आमा हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij