प्रकाशित मिति : बुधबार, बैशाख २०, २०७४
बर्षात ओली , दाङ । दाङको तुल्सिपुरबाट वन मुद्धाका १ फरार अभियुक्त पक्राउ परेको छ । तुल्सीपुर उप-महानगरपालीका वडा नं. ३ बरुवा बस्ने वर्ष ३५ को माईतुलाल चौधरी भयको प्रहरीले जलजला सँग बताएको छ।
चौधरीलाई दाङ देउखुरी जिल्ला अदालत घोराही दाङको मिति २०७१।०२।०२ गतेको फैसलाले २ महिना ११ दिन दिन कैद सजाय र (दुई लाख अन्ठान्नबे हजार चार सय सोह्र} जरीवाना तोकीएको थियो ।
चौधरीलाई प्रहरीले खोज तलास गर्दै जाँदा आफ्नै घर ठेगाना अन्तरगत लुकीछिपी बसेको अवस्थामा सोमबार फेला पारी पक्राउ गरेको दाङका प्रहरी उपरीक्षक धिरज प्रताप सिंहले बताउनुभयो । 
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij