आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अबैध यौनधन्दा सञ्चालन गराउने होटल ब्यवसायी पक्राउ

  • प्रकाशित मिति : बुधबार, बैशाख २०, २०७४



  • हेटौडा । मकवानपुरको हेटौंडामा अवैध यौनधन्दा सञ्चालन गराउने दुई ब्यवसायी पक्राउ परेका छन् । हेटौंडा नगर एरियामा रहेका प्रहरीले गरेको अनुगमनका क्रममा होटल ब्यवसायीहरु पक्राउ परेका हुन् ।

    किशोरी तथा महिलाहरुलाई जबरजस्ती यौन धन्दा गर्न बाध्य बनाई होटल संचालकहरुले रकम असुली गर्ने गरेको सुचनाका आधारमा हेटौडा उपमहानगरपालिका १० बस्ने बरपिपल गेष्ट हाउसका संचालक वर्ष २८ का टीकालाल श्रेष्ठ र सोही ठाउँमा रहेको रेबिका खाजा घरकी संचालक वर्ष ३५ की रेबिका ठानामगरलाई प्रहरीले पक्राउ गरेको हो ।

    हेटौडाको टीसीएन रोडस्थत बरपिपल गेष्ट हाउसमा २३ वर्षीय तथा २५ वर्षीय २ महिलालाई जबर्जस्ती यौन कार्य गर्न बाध्य बनाई मिलेमतोमा रकम असुल गर्ने गरेको भन्दै श्रेष्ठ र मगरलाई पक्राउ गरिएको हो ।

    महिलाहरुलाई यौन धन्दामा लगाई रकम असुल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी मानव बेचबिखन अन्तर्गतका मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता बामदेब गौतमले जानकारी दिए ।

    यसअघि पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडा १० स्थित धादिङ होटल एण्ड लज तथा मकवानपुर गढी गाँउपालिकास्थित सामरी रिभर रेष्टुरेण्ट एण्ड लज सञ्चालकलाई मानव बेचबिखन तथा ओसार पसार मुद्धा चलाएको छ । उनीहरु भीमफेदी कारागारमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij