आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काखमा छोरो, हातमा लिटो : यसरी लियो भाइले दाइको ज्यान

  • प्रकाशित मिति : सोमवार, बैशाख २५, २०७४



  • बैशाख २५, भक्तपुर । दश महिनाको दुधे बालकलाई काखमा राखेर सधैं झै सरोज सुवेदी लिटो खुवाउँदै थिए । छोरालाई खेलाउँदै खुवाउदैं गर्दा उनीमाथि एक्कसी खुकुरी प्रहार भयो । उनी ढले ।
    झापा तामुङ्दुवा– ३ घर भई मध्यपुरथिमि नगरपालिका कौशलटारमा बस्ने ३२ वर्षीय सरोजको आफ्नै मामाको छोराको खुकुरी प्रहारबाट हत्या भयो ।

    आइतबार बिहानै फुपूको छोरालाई खुकुरी हानेर फरार भएका २६ वर्षीय पारस भन्ने अभिशेक कोइरालालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ ।
    एसबिआई बैकमा काम गर्ने सरोज र अभिशेक नातामा दाजुभाई थिए । तर एउटा भाईले यसरी दाईको हत्या ग¥यो जुन फिल्मी दृश्य भन्दा फरक छैन् ।

    अभिशेकले प्रहरी समक्ष आफुलाई सधै जिस्काउने गरेको, हेप्ने गरेकोले नै सरोजलाई खुकुरी प्रहार गरेको प्रारम्भिक बयान दिएका छन् ।
    उक्त दिन सरोजका आमा भवानी र बुवा प्रेम सुवेदी आखाँ जचाउन अस्पताल गएका थिए उनीहरु केही दिनपछि आफन्त भेट्न अमेरीका जाने तयारी गरीरहेका थिए ।
    बाटोमा गयो ज्यान
    -महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक किरण राणाको अनुसार छोरालाई काखमा लिएर लिटो खुवाउँदै गर्दा सरोजमाथि खुकुरी प्रहार भएको हो ।
    उनको घाँटी, टाउको, हातमा अन्धाधुन्ध खुकुरी हानिएको छ । सुवेदीको उपचारका लागि बिएन्डबी अस्पताल लैजाँदै गर्दा मृत्यु थियो ।

    प्रहरीका अनुसार,
    -घरमा सुवेदीका श्रीमती प्रतिक्षा सुवेदी, दश महिनाको बच्चा र काम गर्ने महिला भएकै समयमा (बिहान) आएका कोइरालाले कोठामा रहेका सुवेदीमाथि एक्कासि खुकुरी प्रहार गरे ।
    -सरोजले अभिशेकलाई आनीबानी ठिक नभएको भन्दै सम्झाउने गर्दथे र कहिले काँही गाली पनि गर्दथे यही नै उनको हत्याको मुख्य कारण देखिएको छ ।
    -खुकुरी प्रहारपछि अभिशेक सरासर घर गए । रगत लागेको कपडा फेरे । झोलामा नागरिकता, पार्सपोट तथा कपडा राखेर बाहिर निस्किए ।
    -हत्या गर्न प्रयोग भएको खुकुरी भने अभिशेकले घर नजिकै जमिनमा गाडेको अवस्थामा फेला परेको छ ।
    -भाग्ने प्रयास गरेका अभिशेकलाई खोजी गर्ने क्रममा मोटरसाइकलमा पोखरातर्फ जाँदै गर्दा धादिङबाट पक्राउ गरी भक्तपुर ल्याइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij