प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४
सिरहा । मिर्चैया प्रहरीले आफ्नै भतिजको हत्या गरेको आरोपमा काकालाई पक्राउ गरेको छ । सिरहाको नरहा ३ खोरियाका भरोसी यादवका दुई वर्षिय छोरा रमनको हत्या गरेको आरोपमा भरोसीका माइला भाई २८ बर्षीय सुरेश यादबलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
इलाका प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यका अनुसार गत बुधबार बेलुका घरबाटै बेपत्ता भएका बालकको हत्यापछि खाल्डो खनेर गाडिएको अबस्थामा शुक्रबार साँझ शब फेला परेको थियो ।
पक्राउ परेका सुरेशले आफुले भतिज रमनको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाई छ । पक्राउ सुरेशमाथि कर्तव्य ज्यानमुद्धा चलाइएको छ ।
बालक हराएपछि अचेत अवस्थामा रहेकी बालककी आमा २८ वर्षिय निराकुमारीको अहिलेसम्म होस खुलेको छैन भने पुरै गाउँ शोकमग्न भएको छ ।
यता, सुरेश मानसिक रोगी रहेको उनको परिवारले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij