प्रकाशित मिति : सोमवार, जेष्ठ २२, २०७४
नवलपरासीमा इलाका प्रहरी कार्यालय नवलपुरले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–८ मा यात्रुबाहक बसबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन रत्ननगर–१२ बस्ने वर्ष २५ का गोविन्द प्रधान र काठमाडौँ–१७ क्षेत्रपाटी बस्ने वर्ष २२ का रोहन माली छन् ।
उनीहरुलाई आइतबार नवलपरासीको त्रिवेणीबाट काठमाडौँ जाँदै गरेको लु १ ख ७९४५ नम्बरको यात्रुबाहक बसबाट लागुऔषधसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट नाइट्रोभेट ३०० ट्याबलेट, फेनेरागन २२, डाइजापाम २२ र ३ वटा सिरिन्ज बरामद गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij