आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकाविरुद्ध जासुसीको आरोपमा कुटनीतिक नियोगका पूर्वकर्मचारी पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, असार ९, २०७४



  • वासिंटन । मुलुकको निकै महत्वपूर्ण गोप्य सूचना चिनियाँ जासूसलाई दिएको आरोपमा एक अमेरिकी पूर्व कूटनीतिक अधिकारीलाई पक्राउ गरिएको छ ।

    भर्जिनियामा रहने ६० वर्षीय केविन मैलरीलाई पक्राउ गरी मुद्दा लगाइएको छ । यसै वर्षको मार्च–अप्रिलमा चीनको सांघाई पुगेर सूचना दिएको आरोप मैलरीमाथि लगाइएको छ ।

    शिकागो विमानस्थलमा उनको झोलामा फेला परेको १६ हजार ५ सय डलरको स्रोत पनि उनले खुलाउन नसकेको प्रहरीले जनाएको छ । आरोप पुष्टि भए मैलरीले जेल जानुपर्ने हुन्छ ।

    मैलरीमाथि शुक्रबार अदालतमा सुनुवाई हुँदैछ । राष्ट्रिय सुरक्षा मामलाका सहायक न्यायाधिवक्ता डेना जे बमेएन्टेले यसबाट जनताको भरोसा तोड्ने र देशको सुरक्षा खतरामा पार्नेहरुले पाठ सिक्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij