आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवन : डाँका घटनामा संलग्न दुई पक्राउ

  • प्रकाशित मिति : सोमवार, असार १२, २०७४



  • चितवन । खुनडाँका घटनामा संलग्न दुईजना अभियुक्तलाई प्रहरी पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नवलपरासी मध्यविन्दु नगरपालिका–१० अरुणखोलाका २१ वर्षीय लक्ष्मण परियार र सोही ठाउँका २० वर्षीय नारायण विक रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलन गरी उहाँहरुलाई पक्राउ गरिएको जनाएको छ ।

    उनीहरुको साथबाट नगद रु ८३ हजार १४०, एक थान पेस्तोल र सोको गोली छ थान, घटनामा प्रयोग भएका ह्याम्मर एक, मोटरसाइकलको सकर रड एक थान, खुकुरी एक थान, चक्कु एक थान र पेचकस एक थान बरामद गरिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

    उनका अनुसार सुनको सिक्री एक, घडी तीन, सुनको मङ्गलसूत्र एक, औँठी एक, चाँदीको पाउजु दुई जोर, नाकमा लगाउने फुली दुई, पञ्चरत्न बाला दुई, सिक्री एक, कानमा लगाउने टप एक, कानमा लगाउने मुन्द्रा दुई र सुनको ढिक्का एक थान पनि उनीहरुको साथबाट बरामद गरिएको छ ।

    घटनामा संलग्न रहेको आरोप लागेका पर्वत राम्जा घर भई भरतपुर महानगरपालिका–२५ दिव्यनगर ससुराली बस्ने २५ वर्षीय कृष्ण शाही ठकुरी भने फरार रहेका छन् । उनको खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक थापाले बताए ।

    गत वैशाख ४ गते राति भरतपुर महानगरपालिका वडा नं २५ दिव्यनगरमा ३२ वर्षीय गङ्गासागर महतोको घरमा हतियारसहित जबर्जस्ती प्रवेश गरी उनीहरुले परिवारका सदस्यलाई घाइते बनाई धनमाल लुटेका थिए । उनीहरुले गङ्गासागरलाई कन्चटमा गोली प्रहार गरी गम्भीर घाइते पनि बनाएका थिए ।

    त्यसैगरी ५५ वर्षीया साहुनी महतो र २७ वर्षीया रामकुमारी महतोलाई पनि हतियार प्रहार गरी घाइते बनाएका थिए । गङ्गासागरको उपचारका क्रममा मृत्यु भएको थियो भने साहुनी र रामकुमारी उपचारपछि घर फर्किएका थिए ।

    घटनापछि क्षेत्रीय प्रहरी कार्यालय, हेटौँडाको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुसन्धान टोलीले सूक्ष्म अनुसन्धानपश्चात् घटनाको सत्यतथ्य पत्ता लगाई लुटिएको धनमालसहित अभियुक्त पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । 

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij