आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतका सबैभन्दा धनी मुकेश अम्बानीले कति पाउँछन् तलव ?

  • प्रकाशित मिति : बुधबार, असार १४, २०७४



  • भारतका सबैभन्दा धनी मुकेस अम्बानीले लगातार नवौं वर्षमा पनि आफ्नो बार्षिक तलव बढाएनन्। आर्थिक वर्ष २०१६/१७ मा अम्बानीले भारु १५ करोड मात्र तलव पाए र उनले स्टक अप्सन पनि लिएनन्।

    रिलायन्स कम्पनीका चियरम्यान तथा म्यानेजिङ डाइरेक्टर रहेका अम्बानीले आर्थिक बर्ष २००८/०९ देखि नै आफ्नो तलव, सुविधा, एलाउन्सेस् र कमिसनलाई १५ करोडमा समेटेका थिए। जस कारण उनले पाउने वार्षिक २४ करोड छोडिरहेका छन्।

    रिलायन्स इन्डस्ट्री लिमिटेडको २०१६/१७ को एन्युअल रिपोर्टमा यस्तो भनिएको छ ‘चियरम्यान र म्यानेजिङ डाइरेक्टरको कम्पन्सेसन् १५ करोड तय गरिएको छ, जवकी मन्जुरी भने ३८.७५ करोडको दिइएको छ।’

    २००९ बाट कम गरेका थिए तलव
    कर्पोरेट्समा सिइओको अत्याधिक तलवको बारेमा सुरु भएको बहसपछि उनले २००९ मा आफ्नो तलव १५ करोड फिक्स गरेका थिए। जवकि कम्पनीका सवै एक्जुकेटीभ डाइरेक्टरहरुले स्टक अप्सन पाइरहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij