प्रकाशित मिति : मङ्लबार, असार २७, २०७४
कास्की प्रहरीले पोखराको लेकसाइडबाट अत्याधुनिक हतियारसहित ८ जनालाई पक्राउ गरेको छ। पोखरा लेखनाथ महानगरपालिका ६ डिहिकोपाटबाट ग २ च २१३३ नम्बरको गाडीमा पेस्तोल र गोलीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा तनहुँको दुलेगौडाका उनीहरूलाई पक्राउ गरेको बैदाम प्रहरीका प्रमुख तथा प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।
उनले कतीपय यसभन्दा अगाडि तनहुँमा हतियार खरखजाना मुद्दामा पक्राउ परेको बताए। पक्राउ परेकाहरु तनहुँमा जग्गाको कारोबार गर्दै आएको प्रहरीको भनाई छ। उनीहरुका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको जनाएको छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij