बनगस्ति टोलीले ना ३ च ६१५० नम्वर लेखिएको जीप बरामद गरेको हो सो जीपमा युपी ४१ एटी ३८१२ नम्वर लेखिएको अर्को नम्वर प्लेट पनि फेला परेको छ ।
बिहान करिब ३ बजे बिश्रामपुर नजिकै हवाइफायर गरेर जीप र काठ बरामद गरेको रौतहटका डिएफओ दिर्घराज कोइरालाले जनाएका छन्।
डिएफओ कोइरालाले भने, ‘१० राउण्ड गोली चलाएर काठ बरामद भयो, चालक फरार छन्, अनुसन्धान भइरहेको छ।’
पूर्व-पश्चिम राजमार्ग हुँदै अवैध रूपमा काठ लैजादै गरेको सूचनाको आधारमा गस्ती टोलीले पिछा गर्दै जादा बिश्रामपुरमा बलेरो जीपमा लैजादै गरेको करिब ६० क्युफिट सालको काठ बरामद गरेको जिल्ला बन कार्यालय रौतहटले जनाएको छ।
पछिल्लो दिनहरुमा रौतहटको बनबाट जीप, टेक्टर, मोटरसाइकल, टायरगाडाहरुमा काठ तस्करी हुने गरेको छ।
केही महिनाअघि पनि काठ तस्करीमा प्रयोग भएको भारतीय नम्बरको जीप बरामद भएको थियो ।
