प्रकाशित मिति : सोमवार, साउन ३०, २०७४
तनहुँ । लागूऔषध ओसारपसार कार्यमा संलग्न बन्दिपुर गाउँपालिका वडा नं १ घर भई हाल व्यास नगरपालिका वडा नं २ मा डेरा गरी बस्ने २४ बर्षीय गणेश अधिकारीलाई प्रहरीले पुन पक्राउ गरेको छ ।
तारेखमा छुटेका थिए
प्रहरीले अधिकारीलाई साउन १६ गते दमौलीबाट लागुऔषध ओसार पसारमा कार्यमा संलग्न रहेकोले पक्राउ परी तनहुँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको गत साउन १९ गतेको आदेशले धरौटी रकम तिरेर तारेखमा छुटेका थिए ।
पृथ्वीराजमार्ग सडक अन्र्तगत बन्दिपुर गाउँपालिका वडा नं १ बेलभञ्ज्याङमा इलाका प्रहरी कार्यालय डुम्रेबाट साउन २७ गते शुक्रवार खटिएको टोलीद्धारा सवारी चेकिङ गर्ने क्रममा लागुऔषध सहित अधिकारी फेरि पक्राउ परेका हुन् ।
ज्याकेट भित्र लागुऔषध
ग ५ प ४३३७ नम्वरको मोटरसाइकलमा सवार अधिकारीले लगाएतको कालो रंगको ज्याकेट भित्र लुकाई ल्याएको नुफिन, फेनरागन र डाइजेपाम गरी १५ थान र एक थान मोबाइल सेट समेत बरामद गरेको छ ।
जिल्ला अदालतमा पेश
उनको यस अघि २०७४ वैशाख २३ गते डुम्रेबाट सन्तोष गुरुङबाट ठुलो परिणाममा फेला परेको लागुऔषध मुद्दाको कारोवारमा समेत संलग्न रहेकोमा प्रहरीले चार महिना पछि साउन १६ गते दमौलीबाट पक्राउ गरी तनहुँ जिल्ला अदालतमा पेश गरिएको थियो ।
पक्राउ परेका अधिकारी विरुद्ध लागुऔषध मुद्धा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट म्याद थप सहित आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको तनहुँका एसपी उमेशराज जोशीले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij