आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

  • प्रकाशित मिति : बुधबार, भदौ २१, २०७४



  • भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ ।

    दक्षिणपन्थी विचारधाराकी आलोचक गौरीको बैंङ्लोरमा गोली हानी हत्या भएको हो ।

    ५५ वर्षीया गौरी मंगलबार साँझ आफ्नो घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    मोटरसाइकलमा आएका व्यक्तिले उनको टाउको र छातीमा गोली हानेर हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘लंकेश’ पत्रिकाको सञ्चालिका रहेकी उनी ४० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी थिइन् ।

    चलचित्र निर्माता गौरीका पिता पी लंकेशले सन् १९८० देखि ‘लंकेश’ पत्रिकाको प्रकाशन शुरु गरेका थिए ।

    गौरीले सोही पत्रिकामार्फत् आफ्नो पत्रकारिता यात्रा अघि बढाएकी थिइन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij