प्रकाशित मिति : बिहिबार, भदौ २२, २०७४
कपिलवस्तु प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति चितवनबाट हत्कडी सहित भागेका छन् ।
मानव बेचबिखन आरोपमा कृष्णनगर प्रहरीले नियन्त्रणमा लिएका मंगला गाउँपालिकाका ३ म्याग्दीका सन्देश किसान सोमबार राति हत्कडीसहित भागेका हुन्।
प्रहरी श्रोतका अनुसार २१ वर्षिय किसानलाई बानेश्वर प्रहरीको आग्रहमा सोमबार कृष्णनगर प्रहरीले काठमाडौं लैजादै थियो।
प्रहरी हवल्दार हरिबहादुर बिष्टको साथमा काठमाडौं लगिँदै गरेका किसान हत्कडीसँगै फरार भएपछि प्रहरीमा मिलोमतोको आशंका व्यापक उत्पन्न भएको छ।
फरार भएका किसानको हातमा रहेको हत्कडी ईच्छा कामना गाऊँपालिका वडा नं ६ मुग्लिङ नजिकै सडक छेउँमा भेटिएको चितवन प्रहरीले बताएको छ ।
घट्नामा प्रहरीको लापरबाही भएकोले गुपचुपमै भित्रभित्रै मिलाएर सामसुम पार्न खोजिएको बुझिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनाको अनुसन्धान कपिलवस्तु प्रहरीले गरिरहेको छ।
प्रहरीको साथ लागेर पठाईएका व्यक्ती हत्कडीसँगै भागेको केही समयमै सडक किनारमा हत्कडी भेटीनुलाई रहस्यपूर्ण रूपमा हेरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij