आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुस लैजाने भनी हंगेरी पुर्‍याई अलपत्र पार्ने व्यक्ति पक्राउ

  • प्रकाशित मिति : बुधबार, भदौ २८, २०७४



  • आकर्षक तलब सुविधा सहितको रोजगारीका लागि रुसको मस्कोमा लगिदिने भनी दुई व्यक्तिबाट रकम उठाई अलपत्र पार्ने कार्यमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    भारत देहरादुन घर भई काठमाडौँ, हाँडीगाउँ बस्ने सुरजलाल जोशीले दाङ धनौरी घर भएका वसन्त बस्नेत र दंगीशरण बस्ने कमल ओलीलाई मस्को पठाइदिने भनी १० लाख ७० हजारका दरले दुई जनाबाट २१ लाख ४० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

    उनले पीडित दुई जनालाई गत वर्ष जेठ २१ गते भारतको दिल्लीमा निज सुरजलाल जोशीले लिन पठाएका एकजना दलाल व्यक्तिले दिल्लीबाट युक्रेन हुँदै हंगेरीको बोर्डरमा पु¥याएका थिए । अलपत्र परेका उनीहरु ६ महिनापश्चात् नेपाल फर्की पीडक जोशीविरुद्ध मुद्दा हालेका थिए ।

    सो पश्चात् महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जोशीलाई सोमबार टेकुबाटै पक्राउ गरी ठगी मुद्दामा आवश्यक अनुसन्धान कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर, टेकु काठमाडौँमा पठाएको हो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij