आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जितिया नाँच हेर्न गएको मौका छोपी कांग्रेस उम्मेदवार झाको घरमा लाखौँको चोरी

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३०, २०७४



  • राजविराज । सप्तरीको राजविराज–१ बाट नेपाली कांग्रेसका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको छ ।

    राजविराज नगरपालिका–१, पडरिया निवासी झा सोही वडाका लागि यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षका उम्मेदवार हुन् ।

    जितिया पर्वको अवसरमा घरका सबै सदस्य छिमेकमा भइरहेको नाच हेर्न गएको बेला मौका छोपेर चोरले घरको मुख्य द्वारमा लगाइएका तीनवटा ताला तोडेर चोरी गरेको पीडितले बताए ।

    झाको घरबाट नगद रु एक लाख, १० तोला सुन, एक किलो चाँदी र एउटा एपल मोबाइललगायतका सरसमान चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    यता चोरी गर्ने गिरोहको तीव्ररुपमा खोजी कार्य भइरहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij